राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक  सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको  थियो ।

अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ ।

भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म आयोजना हुन लागेको पिस कन्फरेन्समा सहभागी हुन राष्ट्रियसभाका अध्यक्षसहितको टोली मङ्गलबार स्पेन आइपुगेको हो ।

सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वाकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ ।

सोही अभियानको उद्घाटन गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन आएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनासहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्यलगायत छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ९ : ५० बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन