कोरोना संक्रमण बढेपछि काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेपछि काठमाडौँ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ ।

विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।

स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ ।

अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ११ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’