भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज « Khabarhub

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् ।

मोदीले बिहीबार खोपको दोस्रो डोज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोस्रो डोजको खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

कोरोनालाई हराउने कम तरिकामध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।

भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ११ : २८ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब