रेडपाण्डा सिकारी कारागार चलान « Khabarhub

रेडपाण्डा सिकारी कारागार चलान


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो ।

तातोपानी नजिकै गाईबस्तुको गोठमा लुकिछिपी बसेको अवस्थामा थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : ५६ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा