म्यानमारी मोडल पेइंग पक्राउ « Khabarhub

म्यानमारी मोडल पेइंग पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा–म्यानमारका मोडल तथा अभिनेता पेइंग ताकोनलाई सेनाले पक्राउ गरेको छ । पछिल्लो समयमा म्यानमारमा अधिकारकर्मी, पत्रकार र कलाकार पक्राउको क्रम बढिरहँदा सेनाले पेइंगलाई पनि पक्राउ गरेको हो

बीबीसीका अनुसार पेइंगको म्यानमार तथा थाइल्याण्डमा करोडौं फ्यान छन् । म्यानमारमा सेनाले ‘कू’ गरेपछि त्यसविरुद्ध गरिएको अनलाइन तथा सडक प्रदर्शनमा उनले सहभागिता जनाउदै आएका थिए ।

सेनाले झण्डै एक मिलियन फलोअर्स भएको पेइंगको इन्स्टाग्राम एकाउण्ट र फेसबुक एकाउण्टलाई बन्द गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएपछि त्यसविरुद्धको आन्दोलनमा झण्डै ६ सय बढी नागरिकको मृत्यु भइसकेको छ ।

ताकोनकी बहिनी थी थी ल्विनले फेसबुकमा एक पोस्ट गर्दै आठ वटा ट्रकमा आएको सेनाको टोलीले पेइंगलाई स्थानीय समय अनुसार पाँच बजे पक्राउ गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार सेनाले पेइंगलाई उनको आमाको घरबाट पक्राउ गरेको थियो ।

पेइंग लामोसमयदेखि गम्भीर डिप्रेसनमा परेका छन् । उनी उठेर हिँड्न सक्ने अवस्थामा पनि छैनन् । उनका दुई मोबाइल फोन पनि सेनाले लगेको छ ।

२४ वर्षे पेइंग म्यानमारमा दिनहुँ हुने प्रदर्शमा सहभागी हुँदै आएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ०४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको