आगामी वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने « Khabarhub

आगामी वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वैशाख ६ र ७ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने भएको छ ।

यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ ।

मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पत्र लेखेको छ ।

अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा बालभिटा वितरण गरिने छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न पनि निर्देश गरेको छ । मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १ : २० बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा