संसदीय समितिमा पनि प्रतिनिधिसभा अनुसार नै सहभागी गराउन माग « Khabarhub

संसदीय समितिमा पनि प्रतिनिधिसभा अनुसार नै सहभागी गराउन माग


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले संसदीय समितिमा समेत प्रतिनिधिसभामा भएको प्रतिनिधित्वअनुसार सहभागी गराउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा अहिले नेकपा नामको दल नरहेको र संसदीय समितिमा भने नेकपाकै प्रतिनिधित्वअनुसार सदस्यहरु रहेको भन्दै विरोध गरेका हुन् ।

उनले संसदीय समितिमा एमालेको प्रतिनिधित्व नभएको भन्दै तत्काल त्यस्तो व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए । एमाले वेग्लै दल बनेको अबस्थामा प्रतिनिधित्व पनि एमालेकै मतअनुसारको हुनुपर्ने माग उनको छ ।

उनले भने,‘आज अनेकौ कुरा भनिएको छ । हामी सहमतिका साथमा जान चाहन्छौं । सत्तापक्षलाई बाध्य बनाएर हामी जान सक्दैनौ । अहिलेको सरकार बहुमतको हो । यसको प्रतिनिधित्व संसदका समितिमा समेत तदअनुरुप हुन जरुरी छ । प्रतिनिधिसभामा मात्रै भएन ।’

संसदीय समितिमा एमाले सांसदहरुको कम सहभागिता रहेको भन्दै उनले भने,‘अवैधानिक नेकपा हुन चाँहदैनौं । आजका बैठकले समितिमा रहने एमाले सांसदहरुको उपस्थिति समितिमा होस् । हाम्रो पार्टीका तर्फबाट प्रमुख सचेतकले दिने नाम संसदीय समितिमा समेत समावेश गरियोस् ।’

सांसद अधिकारीको मागअनुसार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको र समितिमा एमालेले दिएअनुसारका सांसदहरुलाई संसदीय समितिमा राख्ने जानकारी गराएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ५२ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,