ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उहाँको निकै चर्को आलोचना हुने गरेको छ ।

तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन् । उनले लकडाउन तथा प्रतिबन्धहरुका देशको अर्थतन्त्र बिग्रने दाबी गर्दै आएका छन् । जुन देशका लागि भाइरसको प्रभावभन्दा बढी हानिकारक हुने उनको दाबी छ ।

तर देशको राजनीतिका पस्थितिको कारण ब्राजिलका यो स्थिति आएको र दुभाग्यबस ठूलो सङ्ख्यामा व्यक्तिहरु ज्यान गुमाएका विज्ञहरुको भनाइ रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सङ्कट निम्त्याउनुमा राष्ट्रपति जैर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड १६ लाख भन्दा बढी संक्रमित छन् । बुधबार साँझसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार भन्दा बढी पुगिसकेको छ । त्यस्तै संक्रमित संख्याका आधारमा भारत, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वविद्यालयका अनुसार १३ करोड ३७ लाख ३४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : ११ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,