संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती (भिडियोसहित) « Khabarhub

संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती (भिडियोसहित)


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखे ।

उनले भने,‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौ भाषण गर्दै हिडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए ।

उनले भने,‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने ? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन ।’

सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्यश गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ । २०७४ साल चैतको २ गते खानेपानीमन्त्री आएपछि २०७५ साल असोजसम्म ठेकेदारसम्म मोलमोलाई मिलेन । ९ महिना आयोजनाको कामको सिन्को पनि नभाचेर अहिले यत्रो फुर्ति ? २३ वर्ष आयोजनाका लागि समय लाग्दा माफी माग्नुपर्दैन? श्रेय लिने होडबाजी ? धारा खोलेर, बाल्टी, कहिले उठेर कहिले बसेर उद्घाटन गर्ने ? तमासा गर्ने ?’

हेरौँ भिडियो

सांसद थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलपिवद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे । तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए ।

‘फाष्ट ट्रयाक, बबई सिंचाई आयोजनाका बारेमा कोही भन्दैन । नेतृत्वबाट गर्नुपर्ने काम गरेको छैन, मिथ्याङ्क ल्याएर गफ चुट्ने ? चालू भएको २ वर्षपछि सिन्धुलीको उद्घाटन ? के को तमासा हो ? एकसय ६५ वटा सडक अस्ति उद्घाटन भएको छ । तर त्यसका लागि अहिले बजेट भनेको ३ अर्ब पैसा छ । आवश्यक ५७ अर्ब । उद्घाटन नै गर्ने हो भने एउटा निर्वाचन क्षेत्रमा १० वटा सडकका दरले ठोक्दिउँ, १ हजार ६ सय ५० वटा बनाइदिँउ । अहिलेको सरकारले मात्रै गरेन भनेर भन्न खोजेको छैन । हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ । यसलाई बनाउनका लागि संसदले दर्जनौ काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीले संसदमा आएर तथ्यमा बहस गर्न चुनौती दिदै सांसद थापाले व्यङ्ग्य गर्दै भने,‘उद्घाटन बालुवाटारभित्र नयाँ बनेको भवन र बनेको कोठा उद्घाटन गर्नुहोला ।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : २४ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा