सरकारले संसदलाई काम गर्न दिएन भनेर गलत प्रचार गरियो – लालबाबु पण्डित (भिडियोसहित) « Khabarhub

सरकारले संसदलाई काम गर्न दिएन भनेर गलत प्रचार गरियो – लालबाबु पण्डित (भिडियोसहित)


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सांसद लालवावु पण्डितले सरकारले संसदलाई काम गर्न नदिएको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै सांसद पण्डितले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएपनि कुनै पनि विधेयक पारित हुन नसकेको तर त्यसको अपजश सरकारलाई दिन नहुने बताए ।

‘अहिले संसदभित्र ६५ वटा विधेयकहरु रहेका छन् । कतियप सन्धी सम्झौताहरु अनुमोदनका लागि पर्खिरहेका छन् । नेपालको नागरिकता विधेयकका रुपमा समितिमा छ । सवा लाख भन्दा बढि नागरिकता पाउन युवाहरु कराइरहेका छन र आँशू झारिरहेका छन । निजामति विधेयक, विभिन्न समितिले रिपोर्टसहित संसदमा विधेयकहरु पठाएका छन् । सरकारले ल्याएको विधेयक, सन्धि सम्झौता अनुमोदनका निम्ति ल्याएको काम होइन ?’ उनले प्रश्न गर्दै भने, ‘जानकारीको अभाव हो भने विधेयक शाखामा गएर हेर्नूस् ।’

हेरौँ भिडियो

अहिले संसदीय प्रणाली नै असफल बनाउनेहरुले सरकारले संसदलाई काम नदिएको भन्दै प्रचार गरेको दाबी गरे । उनले भने,‘ संसदीय प्रणाली नै काम लाग्दैन भन्ने ठान्नेहरु, आस्था र विश्वास कम भएकाहरु र व्यवस्था असफल बनाएर संविधान समाप्त पार्न चाहनेहरुले संसदलाई काम दिएन भनेर भन्नेहरुलाई के भन्ने ? सरकारले काम नदिएको भन्ने वा संसदसँग काम छ भनेर भन्ने ?’

संसदले काम गर्न नसकेको अहिलेको अबस्थाका जिम्मा सभामुखले समेत जिम्मा लिनुपर्ने बताए । उनले भने,‘संसदले काम गर्न सकिरहेको छैन । सभामुखजीको विषेश भूमिकाको आवश्यकता छ । संसदीय यवस्थामाथि प्रश्न उठ्छ भने संसदले काम गर्न सकने भने प्रश्न उठ्छ भने संसदका पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ ।’

सभामुखले सकारात्मक पहल नगरे त्यसको अपजश लिन समेत तयार हुन उनको चुनौती दिए ।

उनले भने,‘संसदमा आएका प्रस्तावलाई अघि बढाउने, विधेयकहरु अघि बढाउने काममा कुन राजनीतिक दलले रोकेको छ ? प्रधानमन्त्री मन्त्री वा कसले रोकेको छ ? मैले त बाधा अवरोधहरु मैले थाहा पाएको छैन । यदी छन भने संसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा संसदको काम छैन, सरकारले काम दिएन, जनताका समस्या सरकार र संसदले बुझ्न सकेन भन्ने हो भने पूर्वाग्रहभन्दा केही हुँदैन । सभामुखबाट कुशलतापूर्वक अगुवाई भएन भने सांसद र सरकारका मन्त्रीलाई दोष दिएर यो देशले उम्किन पाउने स्थिती हुँदैन ।’ संसदमा आएका विधेयकहरु अघि बढाउन, सन्धि सम्झौताहरु अघि बढाउन समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब