त्रिवि र नीति अनुसधान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर | Khabarhub Khabarhub

त्रिवि र नीति अनुसधान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय(त्रिवि) र नीति अनुसन्धान प्रतिष्ठानबीच सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेको छ ।

सार्वजनिक नीतिमा प्राज्ञिक संवाद गर्ने र सार्वजनिक नीतिमा सान्दर्भिक अनुसन्धान गर्ने लगायतका विषयको समझदारी पत्रमा हस्ताक्षर भएको त्रिविले जनाएको छ ।

सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने,सार्वजनिक नीतिका सन्दर्भमा तालिम, गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने विषयमा दुई निकायहरुबीच आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा वैज्ञानिक सभा सम्मेलन आयोजना गर्ने, संयुक्तरुपमा अनुसन्धान प्रसार र प्रकाशन गर्ने,अनुसन्धान सूचना,तथ्याङ,सामग्री,पुस्तकालय,बौद्धिक सम्पत्तिको परस्पर आदान प्रदान गर्ने कुरा उल्लेख गरिएको छ ।

पत्रमा आवश्यकता अनुसार विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभाग,अनुसन्धान केन्द्र,आंगिक क्याम्पस र स्कूलसँग समेत सहकार्य गर्ने उल्लेख गरिएको छ ।

समझदारी पत्रमा त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा.विष्णुराज उप्रेतीले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रमा त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा,रजिष्ट्रार प्रा.डा पेशल दाहाल,अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.खडग के.सी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ०१ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री