त्रिवि र नीति अनुसधान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर « Khabarhub

त्रिवि र नीति अनुसधान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय(त्रिवि) र नीति अनुसन्धान प्रतिष्ठानबीच सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेको छ ।

सार्वजनिक नीतिमा प्राज्ञिक संवाद गर्ने र सार्वजनिक नीतिमा सान्दर्भिक अनुसन्धान गर्ने लगायतका विषयको समझदारी पत्रमा हस्ताक्षर भएको त्रिविले जनाएको छ ।

सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने,सार्वजनिक नीतिका सन्दर्भमा तालिम, गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने विषयमा दुई निकायहरुबीच आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा वैज्ञानिक सभा सम्मेलन आयोजना गर्ने, संयुक्तरुपमा अनुसन्धान प्रसार र प्रकाशन गर्ने,अनुसन्धान सूचना,तथ्याङ,सामग्री,पुस्तकालय,बौद्धिक सम्पत्तिको परस्पर आदान प्रदान गर्ने कुरा उल्लेख गरिएको छ ।

पत्रमा आवश्यकता अनुसार विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभाग,अनुसन्धान केन्द्र,आंगिक क्याम्पस र स्कूलसँग समेत सहकार्य गर्ने उल्लेख गरिएको छ ।

समझदारी पत्रमा त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा.विष्णुराज उप्रेतीले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रमा त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा,रजिष्ट्रार प्रा.डा पेशल दाहाल,अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.खडग के.सी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ०१ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका