‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’ | Khabarhub Khabarhub

‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताए ।

नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ बाट सङ्क्रमण भएका प्रहरी कर्मचारीलाई सामान्य जीवनमा फर्काउनका निम्ति अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताए ।

महानिरीक्षक थापाले प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्वयन निरन्तर र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा महानिरीक्षक थापाले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाइन सेवा शुभारम्भ गर्नुका साथै अस्पताल दर्पण–२०७७ र नेपाल मेडिकल जर्नल विमोचन गरेका थिए ।

उनले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको रु दुई करोड अस्पतालका मेडिकल निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरेका थिए ।

अस्पतालका मेडिकल निर्देशक डा सिंहले प्रहरी अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए ।

सो अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, रमेशचन्द ठकुरी, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ३३ बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता