स्वतः पदमुक्त हुन्छन् यी चार मन्त्री « Khabarhub

स्वतः पदमुक्त हुन्छन् यी चार मन्त्री


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) त्यागेपछि सांसद पद खोसिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह संविधानको व्यवस्था अनुसार मन्त्री पदबाट स्वतः मुक्त हुनेछन् ।

माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको दल त्यागको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार भएको प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका थिए । यससँगै रायमाझी, भट्ट, चौधरी र साहको प्रतिनिधिसभा सदस्य पद समाप्त भएको हो ।

संविधानको धारा ७७ मा प्रतिनिधिसभाको सदस्य नरहेको अवस्था मन्त्री पद रिक्त हुने प्रावधान छ । उनीहरु चारै जना प्रतिनिधिसभा सदस्यका हैसियतमा मन्त्री पदमा नियुक्त भएका थिए ।

प्रतिनिधिसभा सदस्य खोसुवामा परेका यी मन्त्रीहरू संविधानको धारा ७८ अनुसार फेरि नियुक्त हुन सक्नेछन् । यसरी नियुक्त भए पनि ६ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसके पदमुक्त हुनेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नरहेको व्यक्ति मन्त्री पदमा नियुक्त हुन सक्ने व्यवस्था छ । यसरी नियुक्त भएको मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्छ ।

सदस्यता प्राप्त गर्न नसके त्यो प्रतिनिधिसभाको कार्यकालभरि फेरि मन्त्री पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सदस्य पदावधि समाप्त भएपछि मन्त्री पदबाट राजीनामा गरेका थिए । राष्ट्रियसभामा उनको पदावधि दुई वर्षको थियो ।

पदावधि सकिएकै दिन २०७६ फागुन २० गते उनले मन्त्री पदबाट राजीनामा गरे । लगत्तै संविधानको धारा ७८ को व्यवस्थाअनुसार फेरि अर्थमन्त्री नियुक्त भए, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको पनि जिम्मेवारी पाएका थिए ।

डा. खतिवडा दोहोर्‍याएर राष्ट्रियसभा सदस्य नियुक्त हुन सकेनन् । उनले ६ महीनापछि २०७७ भदौ १९ गते मन्त्री पदबाट राजीनामा गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ५ : ०८ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६