३३२ कोरोना संक्रमित थपिए, ७९ डिस्चार्ज | Khabarhub Khabarhub

३३२ कोरोना संक्रमित थपिए, ७९ डिस्चार्ज


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना पुष्टि भएको छ ।

४ हजार ६ जनाको पीसीआर परिक्षण गर्दा थप ३३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । त्यस्तै थप ७९ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुईलाख ७३ हजार ६०८ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म तीन हजार ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल दुई हजार ४ सय ५४ आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ५ : ३१ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार