६१ लाख मूल्य बराबरको ७२ हजार किलो चिनी खाडल खनेर पुरियो « Khabarhub

६१ लाख मूल्य बराबरको ७२ हजार किलो चिनी खाडल खनेर पुरियो


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आन्तरिक राजश्व कार्यालय पथलैयाले ७२ हजार किलो चिनी अखाद्य भन्दै नष्ट गरेको छ ।

तर, उक्त चिनीलाई खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले भने खान योग्य भनी प्रमाणित गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाले जनाएको छ ।

नष्ट गरिएको चिनीको हालको बजार मूल्य ६१ लाख २० हजार रुपैयाँ भन्दा धेरै हुन्छ । खाद्य ऐनअनुसार प्रयोगका लागि योग्य नभएको खाद्यको रिपोर्टपछि चिनी नष्ट गरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाका प्रमुख टंकप्रसाद पाण्डेले बताए ।

आन्तरिक राजश्वले सोमबार चिनी नष्ट गर्नु अघि गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा दुई बोरा नमुना पठाएको थियो । करिब एक वर्ष अघि नियन्त्रणमा लिएको उक्त चिनी गुणस्तरीय भए लिलामी गर्ने कार्यालयको योजना थियो तर खाद्य कार्यालयले अखाद्य भएको रिपोर्ट पठाए पछि नष्ट गर्ने निर्णयमा पुगेको पाण्डेले भने ।

नमुना पठाइएको दुई बोरामध्ये एउटामा उत्पादन मिती नभएको अर्कोमा उपभोग्य म्याद नाघेको पाइएको खाद्य प्रविधि तथा गुणस्तर विभागका जनकपुर कार्यालय प्रमुख विजय खनालले भने ।

पोहोर फागुनमा महोत्तरीको जलेश्वर भन्सार भएर उक्त चिनी नेपाल भित्रिएको थियो । आयातकर्ताले ३७ लाखको स्वघोषणा गरेर थप २३ लाख ५० हजार ९९४ रुपैयाँ राजश्व तिरेर उक्त चिनी भित्र्याएका थिए । नेपाल भित्रिने बितिक्कै आन्तरिक राजश्व कार्यालय पथलैयाले नियन्त्रणमा लिएको चिनी थप अनुसन्धानका लागि केन्द्रीय खाद्य प्रयोगशाला बबरमहल पठाएको थियो ।

प्रयोगशालामा दुई पटक गरिएको परीक्षणमा चिनी खान योग्य रहेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : ४४ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली