नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक « Khabarhub

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा भने यतिबेला कुनै पक्षसँग खुलेको छैन । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ११ बजे

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक