अभिनेत्री कंगनालाई कोरोना संक्रमण « Khabarhub

अभिनेत्री कंगनालाई कोरोना संक्रमण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।

दैनिक जागरणका अनुसार ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे जानकारी दिएकी हुन् ।

‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन् ।

उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन् । ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ । आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ०५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको