बिरामी बोक्न कावासोतीमा अटो एम्बुलेन्स « Khabarhub

बिरामी बोक्न कावासोतीमा अटो एम्बुलेन्स


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ ।

भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए ।

नवलपुरको कावासोती नगरपालिकाले पनि निःशुल्क रुपमा बिरामी बोक्न भन्दै अटो तैनाथ गरेको छ ।

नवलपुरकै देवचुली नगरपालिकामा वैशाख २० गते एम्बुलेन्स नपाउँदा टेक्टर विरामी बोकेको घटनाले सवत्र चासो बढिरहँदा देशका विभिन्न ठाउँका पालिकाहरुले जनप्रतिनिधि चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका छन् ।

कावासोती नगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिडका विरामीलाई बोक्न निःशुल्क रुपमा तैनाथ गरेको थियो । अहिले पुनः तीन वटा अटो तैनाथ गरिएको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए ।

कोभिड बिरामी बोक्नका लागि एउटा एम्बुलेन्स र नगर क्षेत्र भित्र रहेका मेडिकल हस्पिटलसम्म अन्य बिरामीलाई लैजान तीन ओटा अटो सवारी निःशुल्क सेवा दिइएको भन्दै उपमेयर मर्दनीयाले सामाजिक सञ्जाल फेसबुकबाट कावासोती नगरबासीलाई सेवा लिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि