प्रेमिका भेट्न साइकलमा नर्वे जाँदै शाहरुख « Khabarhub

प्रेमिका भेट्न साइकलमा नर्वे जाँदै शाहरुख


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता शाहरुख खान र निर्देशक सञ्जय लिला भन्सालीले दुई दशक अघि फिल्म ‘देवदास’मार्फत आफ्नो दमदार प्रस्तुति देखाइसकेका छन् । ‘देवदास’पछि यो जोडी कुनै पनि फिल्ममा सहकार्य गरेनन् ।

बलिउड हंगामाले चाँडै नै शाहरुख र सञ्जय नयाँ फिल्ममा सहकार्य गर्ने आफ्नो समाचारमा उल्लेख गरेको छ । सञ्जयले शाहरुखलाई फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’का लागि प्रस्ताव गरे पनि उनको प्रयास असफल भएको थियो ।

सञ्जय रोमान्टिक फिल्मको छविलाई पुनः दर्शकमाझ ल्याउने योजनामा छन् । उनी वर्तमान समयमा वेब सिरिज ‘हिरा मण्डी’को निर्माणमा व्यस्त छन् । जुन सिरिजमा सोनाक्षी सिन्हाको अभिनय छ ।

सञ्जय शाहरुखसँगको सहकार्यलाई निरन्तरता दिने सोच अनुरुप नयाँ फिल्म ‘इजहार’को तयारी गरिरहेका छन् । यो फिल्मको स्क्रिप्ट अहिले अन्तिम चरणमा छ ।

‘यो फिल्म सञ्जयले शाहरुखसँग चार वर्ष अघि नै गर्न चाहन्थे । फिल्मको कथा भारतीय युवक र नर्वेजियन युवतीको प्रेममा आधारित छ । नर्वेमा रहेकी प्रेमिका भेट्नलाई साइकलमा यात्रा गर्ने एक युवाको वास्तविक कथामा आधारित छ,’ सञ्जय निकट स्रोतले भनेको छ ।

यद्यपि सञ्जयसँग सहकार्यको बारेमा शाहरुखले केही बोलेका छैनन् । शाहरुखले ग्रीन सिग्नल दिएमा उनी फिल्मकी अनस्क्रिन प्रेमिका भेट्न साइकलमा नर्वे पुग्नेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका