रौतहटमा आजदेखि निषेधाज्ञा « Khabarhub

रौतहटमा आजदेखि निषेधाज्ञा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले शनिबारबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले होटल, रेस्टुरेन्ट, फेन्सी र कपडाका पसलहरु बन्द गराएको छ । जिल्लामा सञ्‍चालित हाटबजारहरु यसअघि नै बन्द गराइसकेको छ ।

जिल्लाका अधिकांश बजार, होटल, रेस्टुरेन्टहरुमा भीडभाड बढी हुन थालेपछि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको हो । कार, जिप, मोटरसाइकललगायतका निजी सवारीहरु बन्द गराइए पनि निषेधाज्ञामा मानिसलाई पैदल हिँड्न भने छुट दिइएको छ ।

सुरक्षाकर्मीले चोकचोकमा बसेर पास बिनाको सवारी रोक्ने र २ घण्टासम्म होल्डमा राख्ने गरेको छ । निषेधाज्ञाका कारण सडक सुनसान छ । प्रशासनले खाद्यान्न लगायतका पसलहरु खोल्न अनुमति दिए पनि व्यापारीले खोलेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको बताए ।

कोरोना संक्रमणका कारण जिल्लामा दुई साताको अवधिमा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५३ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले