प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई कांग्रेसको आग्रह « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सबै दललाई कांग्रेसको आग्रह


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राख्न लागेको प्रस्ताव असफल बनाउने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो ।

‘बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।

त्यस्तै, कांग्रेसले विश्वासको मतको विपक्षमा मत दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आग्रह गरेको उनले जानकारी दिए ।

 यस्तै, बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २८ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।