कमिसनखोरलाई तत्काल कारबाही गरी खोपको सहज आपुर्ति गर : राप्रपा « Khabarhub

कमिसनखोरलाई तत्काल कारबाही गरी खोपको सहज आपुर्ति गर : राप्रपा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न र तत्काल खोप आपूर्ति गर्न माग गरेको छ ।

राप्रपा अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी कमिसनको चलखेलका कारण खोपको आयात रोकिएको भन्ने खबर सबैलाई आक्रोषित बनाएको जनाएका छन् । ‘संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यवसायीक धर्म विपरितको कार्य हो,’ राप्रपाले भनेको छ, ‘जनस्वास्थ्यमा खेलबाड गर्ने कमिशनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोप सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ ।’

यस्तै, राप्रपा हेलिकप्टरको भाडा बृद्धि, अत्यवाश्यक औषधि, अक्सिजनको कालोबजारी रोक्न पनि सरकारसँग माग गरेको छ । संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपाले सबैमा अपील गरेको छ ।

यस्तो छ राप्रपाको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ५५ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण