कमिसनखोरलाई तत्काल कारबाही गरी खोपको सहज आपुर्ति गर : राप्रपा | Khabarhub Khabarhub

कमिसनखोरलाई तत्काल कारबाही गरी खोपको सहज आपुर्ति गर : राप्रपा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न र तत्काल खोप आपूर्ति गर्न माग गरेको छ ।

राप्रपा अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी कमिसनको चलखेलका कारण खोपको आयात रोकिएको भन्ने खबर सबैलाई आक्रोषित बनाएको जनाएका छन् । ‘संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यवसायीक धर्म विपरितको कार्य हो,’ राप्रपाले भनेको छ, ‘जनस्वास्थ्यमा खेलबाड गर्ने कमिशनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोप सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ ।’

यस्तै, राप्रपा हेलिकप्टरको भाडा बृद्धि, अत्यवाश्यक औषधि, अक्सिजनको कालोबजारी रोक्न पनि सरकारसँग माग गरेको छ । संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपाले सबैमा अपील गरेको छ ।

यस्तो छ राप्रपाको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ५५ बजे

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी