भारतमा दुई महिना यताकै कम संक्रमण, २४ घण्टामा ८७ हजारमा संक्रमित « Khabarhub

भारतमा दुई महिना यताकै कम संक्रमण, २४ घण्टामा ८७ हजारमा संक्रमित


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५  जनामा संक्रमण भएको छ । यसअघि गत चैत्र २१ मा८९ हजार१९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगायतार वृद्धि भएको संक्रमण पहिलो पटक १८ वैशाखमा ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ११५ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : २५ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि