पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता « Khabarhub

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप गरेपछि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग वार्ता गरिरहेको स्रोतहरूले बताएका छन्।

स्रोतका अनुसार भारतीय एयरलाइन्सका लागि पाकिस्तानको हवाई क्षेत्रको विकल्पका रूपमा चीनको सिन्जियाङ क्षेत्र हुँदै हवाई मार्ग प्रयोग गर्ने सम्भावनाबारे भारतले चिनियाँ अधिकारीसँग छलफल गरिरहेको छ। विशेषगरी सिन्जियाङको होतान क्षेत्रमाथिको हवाई मार्ग प्रयोग गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

भारतको विदेश मन्त्रालयले यस विषयमा चिनियाँ समकक्षीसँग लामो समयदेखि कुराकानी गरिरहेको स्रोतले जनाएको छ।

पाकिस्तान विमानस्थल प्राधिकरण ९पीएए० ले जारी गरेको ‘नोटिस टु एयरमेन’ (नोटाम) अनुसार भारतीय विमानमाथि लगाइएको हवाई क्षेत्र प्रतिबन्ध अक्टोबर २४ सम्म विस्तार गरिएको छ। यसअघि प्रतिबन्ध सेप्टेम्बर २४ मा समाप्त हुने तय थियो।

सन् २०२५ अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच हवाई क्षेत्रमा समेत तनाव बढेको हो। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

घटनापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गर्दै सैन्य कारबाही गरेको थियो। भारतले उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो। भारतले आक्रमणमा पाकिस्तानस्थित आतंकवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

तनाव बढेपछि दुवै देशले एकअर्काका विमानमाथि हवाई क्षेत्र प्रयोगसम्बन्धी विभिन्न प्रतिबन्ध लगाएका छन्। पाकिस्तानको हवाई क्षेत्र प्रतिबन्धका कारण भारतीय एयरलाइन्सले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा उडान समय र सञ्चालन लागत बढेको बताइन्छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ५८ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण