बाख्रापालक कृषकलाई अनुदान सहयोग « Khabarhub

बाख्रापालक कृषकलाई अनुदान सहयोग


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको छ । 

ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्ने र कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले अनुदान सहायता उपलब्ध गराएको हो । 

गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेकोदुई लाख २० हजार रुपैयाँ बजेटबाट स्थानीय पाँच वटा कृषि फार्मलाई प्रत्यक्ष अनुदान सहयोग पुर्‍याएको छ ।  

गाउँपालिकाको पशु सेवा शाखा प्रमुख राजेन्द्रसिंह महराका अनुसार अनुदान पाउने फार्ममा मधुटार कृषि फार्म, धारपानी कागतीखेती कृषि फार्म, न्यु उन्नत कृषि, शिशिर कृषि फार्म र पात्लेपानी कृषि फार्म रहेका छन् । अनुदान सहयोगमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । 

स्थानीय तहमा साना तथा मझौला किसानको हौसला बढाउन र परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

कृषकबाट प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै चालु आवमा अनुदान कार्यक्रमलाई निरन्तरता दिन लागिएको उनले बताए ।  

कार्यक्रमअन्तर्गत कृषकको उत्पादन क्षमता बढाउन उन्नत जातका बोका तथा माउ बाख्रा वितरण गरिएको छ । 

यसका साथै, स्थानीयस्तरमा रहेका पुराना तथा परम्परागत खोरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन आवश्यक वित्तीय सहयोग पुर्‍याइएको छ । 

बाख्रापालनमा आउनसक्ने महामारीजन्य रोगबाट हुने क्षति रोक्न गाउँपालिकाले खोप सेवासमेत घरदैलोमै पुर्‍याउँदै आएको छ । यसले  कृषकको पशुधन सुरक्षित हुनुका साथै व्यवसायमा उत्साह बढेको छ । 

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्र कृषि तथा पशुपालनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर नीति, योजना तथा कार्यक्रम सञ्चालन भइरहेको बताए । 

वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई गाउँमै रोक्न र साना कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको उनले जानकारी दिए ।

स्थानीय तहमै अनुदान, उन्नत नस्ल र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने आशा बढेको किसानको भनाइ छ । रासस 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ५८ बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय