काठमाडौँ– एउटा कार जसमा स्वीमिङ पुल देखि हेलिप्याडसम्मको सुविधा छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो । अमेरिकामा विश्वकै सबैभन्दा लामो कार छ । जुन ‘लिमोजिन’कारलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारको लम्बाई १०० मिटर रहेको छ । यो कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । यस कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन्।
यस कारलाई सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले डिजाइन गरेका थिए । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् । तर अहिले यो कारको हेरचाह हुन नसकेका कारण कार विस्तारै जिर्ण बन्दै गएको बताइएको छ ।
प्रतिक्रिया