एमाले सुदूरपश्चिममा भाँडभैलो, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप | Khabarhub Khabarhub

एमाले सुदूरपश्चिममा भाँडभैलो, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सुदूरपश्चिम प्रदेशमा भाँडभैलो भएको छ ।

पार्टी फुटनजिक पुग्दा सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच कुटाकुट भएको खबर सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका माधव नेपाल गुटका नेता दीर्घ सोडारीले एमाले सुदूरपश्चिम सचिव राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप लागेको छ । रावल केपी ओली गुटका जिल्ला नेता हुन् ।

सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको बेला सोडारीले आफ्नो  कठालो समातेर दुर्व्यवहार गरेको रावलको आरोप छ ।

मन्त्री सोडारीको सचिवालयले भने  विज्ञप्ति जारी गर्दै रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ ।

“कञ्चनपुर बस्ने राजेन्द्र सिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव ललित बहादुर बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट छलफलमाथि ब्यस्त रहेको अवस्थामा सचिवालय र अंगरक्षकलाई समेत छलेर रावलले मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ०९ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम