एजेन्सी- भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि भएको छ ।
गत वर्ष सेप्टेम्बरको अन्त्यमा ५४४.६९ बिलियन अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिती ३२.२९ बिलियन अमेरिकी डलरले वृद्धि हुँदै ३१ मार्च २०२१ सम्म ५७६.९८ बिलियन अमेरिकी डलर पुगेको छ ।
भारतीय रिर्जभ बैंकका अनुसार विदेशी मुद्रा संग्रहमा पनि ५०२.१६ बिलियन अमेरिकी डलरबाट बढेर मार्च अन्तिम सम्ममा ५३६.६९३ बिलियन अमेरिकी डलर पुगेको छ ।
यो रकम भुक्तानीको आधारमा (मुद्रा सटही बाहेक) २०२० को तुलनामा विदेशी विनिमय सञ्चय करिब ८३.९ बिलियन अमेरिकी डलरससम्म बढ्ने जनाइएको छ । गत वर्षको यही अवधिमा ४०.७ बिलियनले मात्रै वृद्धि भएको थियो ।
सुनको सञ्चिति ३३.८८ बिलियनबाट बढेर मार्च अन्तिमसम्ममा ३६.४२९ बिलियन अमेरिकी डलर पुगेको रिर्जभ बैंक अफ इण्डियाले जनाएको छ ।
प्रतिक्रिया