गरिब विद्यार्थीलाई दाताले दिएको रकम दुरुपयोग « Khabarhub

गरिब विद्यार्थीलाई दाताले दिएको रकम दुरुपयोग

‘विद्यार्थी छात्रवृत्ति कोष’ नै मासियो



नवलपुर (कावासोती)– पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ स्थित शहीद स्मृति सामुदायिक माध्यामिक विद्यालयका गरिब विद्यार्थीका लागि दाताले दिएको छात्रवृत्ति विद्यालयले दुरुपयोग गरेको छ ।

विद्यालयका गरिब तथा विपन्न विद्यार्थीका लागि अहिलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद अधिकारीले झण्डै नौ वर्ष अघि स्थापना गरेको अक्षय कोष विद्यालयले चार वर्ष अघिदेखि नामेट गरिदिएको छ ।

अधिकारीले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । दुई चार वर्ष सोही कोषबाट आएको व्याज वापत विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको थियो ।

अधिकारीले मात्र नभई डिपी भण्डारी लगायत अन्य दाताहरूले पनि गरिब विद्यार्थीका लागि भन्दै अक्षय कोषहरू खडा गरेका थिए । डिपी भण्डारी लगायत अन्य दाताको कोष पनि वर्षौदेखि प्रयोगबिहिन भई बैंक खाता नै निश्क्रिय भएको छ ।

विद्यालयका तत्कालिन प्र्रधानाध्यापक गोपाल ज्ञवालीले गौरीशकर बैंकमा रहेको कोषको रकम बैंक सार्नुपर्ने भएको भन्दै निकालेका थिए । ज्ञवालीले भने गत वर्ष अवकाश लिइसकेका छन् । उनी २०६८ सालदेखि यो विद्यालयका प्रधानअध्यापक थिए ।

‘अर्को बैंकमा खाता सार्नुपर्‍यो भनेर हेडसरले भनेपछि मैले सही गरिदिएँ’ अधिकारीले भने, ‘कोष नै मासिएको कुरा व्यवस्थापन समितिको अध्यक्ष भएपछि मात्रै थाहा पाएँ ।’ सानो रकम भए पनि गरिब विद्यार्थीका लागि हुन्छ कि भनेर नै आफूले बुवाआमाको नाममा छात्रवृति दिएको उनले बताए ।

सामाजिक लेखा परीक्षणसमेत हुन सकेन

छात्रवृत्ति कोष लगायत विभिन्न शीर्षकका हिसाबकिताब मिलान हुन नसक्दा सात महिनाअघि नै बुझाउनुपर्ने सामाजिक लेखा परीक्षणसमेत तयार हुन सकेको छैन ।

सो विषयमा सम्बन्धित प्रधानअध्यापकलाई बोलाएर सोध्ने काम भइसकेको विद्यालयका प्रधानअध्यापक थापाले बताए । विद्यालय व्यवस्थापन समितिको पछिल्लो बैठकबाट कोषको रकम चलनचल्तीअनुसारको साँवाव्याजअनुसार डिपोजिट गर्दिनु भन्ने निर्णय भएको पनि थापाले बताए ।

विद्यालयका पूर्वअध्यक्ष ज्ञवालीले भने कोषको बैंकमा जम्मा भएको खाता स्थगित गरी उक्त रकम विद्यालयमा नै प्रयोग भएको दाबी गरे । यद्यपि अडिट रिपोर्टमा बेरुजु देखिएमा आफूले सो रकम जम्मा गर्न तयार रहेको ज्ञवालीले बताए ।

यसअघि जिल्ला शिक्षा शाखाबाट शौचालय निर्माण गर्न भनी आएको साढे ६ लाख रकम हिनामिना गरेको भनी ज्ञवालीविरुद्ध अख्तियारमा समेत उजुरी परेको थियो ।

विद्यालयमा दलीय राजनीति हावी

जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा सञ्चालन गरेको यो विद्यालयमा केही वर्षदेखि राजनीति हावी हुँदै गएको छ । सामुदायिक विद्यालयमा देखिएको राजनीतिक प्रभावकै कारण झण्डै एक वर्ष व्यवस्थापन समिति अध्यक्षबिहिन बनेको थियो ।

विद्यालयका स्थायी दरबन्दीका शिक्षकलाई समेत विद्यालय प्रशासनले हाजिर गर्नसमेत दिएको छैन । यो विद्यालयलाई स्थायी दरबन्दी लिएर आएका दीपक पौडेललाई विद्यालय छिर्न नदिएपछि उनले विद्यालय बाहिरै हाजिर गर्ने गरेको स्रोतले बतायो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर जिल्लामै पहिलो पटक प्राविधिक शिक्षा सञ्चालन गरेको यो विद्यालयले तीन वर्षे तथा १८ महिने बाली विज्ञान तथा ३ वर्षे वन विज्ञान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : २० बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको