चीनमा ‘फास्ट एण्ड फ्युरियस ९’ को बम्पर कमाइ « Khabarhub

चीनमा ‘फास्ट एण्ड फ्युरियस ९’ को बम्पर कमाइ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(बलिउड लाइफ)– कोभिड महामारीको समयमा फिल्म निर्माताहरुले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ । यो समयमा कम फिल्म रिलिज भए र केही अपवादबाहेक फिल्मले लगानी उठाए । लगानी उठाएका फिल्मको समानता के छ भने ती फिल्ममा ठूला स्टारको अभिनय छ ।

अभिनेता विन डिजललाई हलिउडको सलमान खान नै भनिन्छ । जसको अभिनयबाट विश्व नै प्रभावित छ । विनले कोरोना महामारीमा आफ्नो ‘फास्ट एण्ड फ्यूरियस ९’ जस्तो एक्सन फिल्म रिलिज गरे । यो सिरिजमा विनको गाडीको एक्सन निकै चर्चामा छ ।

मे १९ मा ग्लोबल मार्केटमा रिलिज भएको यो फिल्मले चीनमा बम्पर कमाई गरेको छ । यो फिल्ममा निर्माताले करिब २ सय मिलियन डलर लगानी गरेका छन् । फिल्मले हालसम्म बक्सअफिसमा २ सय ५० मिलियन बढी कमाइ गरिसकेको छ ।

फिल्मले थिएटरमा २ सय ५५ दशमलब ७६ मिलियनको कमाइ गरेको छ । जसमध्ये २ सय ३ मिलियन रुपैंयाँ चीनको कलेक्सन हो ।

फिल्मलाई निर्माताले जुन २५ मा अमेरिकी बजारमा रिलिज गर्दैछन् । फिल्मले विश्वव्यापी सफलता पाइरहँदा आन्तरिक बजारमा पनि उस्तै सफलता पाउने व्यापार विश्लेषकको बुझाई छ ।

फिल्मको समीक्षाको कुरा गर्दा समीक्षकले राम्रो समीक्षा दिएका छैनन् । यो फिल्मलाई सिरिजकै सबैभन्दा कमजोर फिल्म मानेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १२ : ०५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,