बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध | Khabarhub Khabarhub

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताए ।

सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यमबिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ ।

उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।

सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सेवा सम्झौता गरेका निजी अस्पतालमा सङ्क्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार सङ्क्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १ : ३२ बजे

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

राष्ट्रिय महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौँ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन