इलामका चिया उद्योग खुल्ने « Khabarhub

इलामका चिया उद्योग खुल्ने


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् ।

नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने भएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पुर्‍याउने, एक/एक घण्टामा सावुनपानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।

चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।

चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो । – रासस

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : १५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका