विद्युतीय सञ्चार माध्यमको नियमन र संरक्षण प्राथमिकतामा : काउन्सिल अध्यक्ष बस्नेत « Khabarhub

विद्युतीय सञ्चार माध्यमको नियमन र संरक्षण प्राथमिकतामा : काउन्सिल अध्यक्ष बस्नेत


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतले विद्युतीय सञ्चार माध्यमहरुको व्यवस्थापन, नियमन र संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

झापाको दमकमा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले अनलाइन पोर्टलहरुलाई समेत नियमन र वर्गीकरण गर्ने तथा लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलव्ध गराउन पहल गर्ने उनले बताएका हुन् ।

उनले अनलाइनहरुका साथै युट्युवहरुलाई पनि व्यवस्थापन गर्ने बताए ।

सुचना विभागसँग समन्वय गरी पे्रेस पास वितरण तथा नवीकरणलाई सरल पार्ने, स्थानीय सञ्चार माध्यमहरुलाई दर्विलो पार्ने तथा पत्रकारहरुको वृति विकासमा प्राथमिकताका साथ कार्यक्रम ल्याउने उनले प्रतिवद्धता जनाए ।

केही दिन अघि निधन भएका ब्रोडकाष्टिङ् एशोसिएसन नेपाल बानका अध्यक्ष चन्द्र न्यौपाने प्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी झापा पुगेको बेला सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

यसैगरी काउन्सिलका सदस्य गणेश पोखरेलले सञ्चार माध्यमलाई प्रभावकारी बनाउन तथा पत्रपत्रिकाको वर्गीकरणलाई नियमित र पारदर्शी बनाउन पहल थालिएको जनाएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : २० बजे

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी