६४ मेगापिक्सल क्यामरा भएको रियलमी–८ नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

६४ मेगापिक्सल क्यामरा भएको रियलमी–८ नेपाली बजारमा, यस्ता छन् विशेषता


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमीले नेपाली बजारमा रियल मी ८ सार्वजनिक गरेको छ । यो मध्यम रेन्जको नम्बर सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख बिक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ ।

रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्ड सेटिङ फिचरहरुका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।

६४ एमपीएआईक्वाड क्यामेरा

रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथैं ८ एमपीको ११९ डिग्री वाइड एङ्गगल सहित माइक्रो र ब्ल्याक एन्ड ह्वाइट प्रोटेट लेन्स सहित ४ क्यामेरा ट्रेन्ड सेटिङका नयाँ फिचर रहेका छन् । टिल्ट–सिफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सकिने कम्पनीले दावी छ ।

यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । रियलमी ८ मानियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन् ।

१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइट स्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्ने पनि कम्पनीले जनाएको छ । यसैगरी यूआईएस म्याक्स भिडियोले स्थिर र सफा चलायमान भिडियो खिच्न सहयोग पुर्‍याउँछ ।

६.४ इन्च सुपर एमोलेड डिस्प्ले

रियलमी ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ ।

डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पल रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइकडिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।

३०वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री

रियलमी ८ को साथ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सुरक्षित बनाउँछ ।

रियलमी ८ मा रहेको ५००० एमएएच् व्याटी ४० दिन स्ट्यान्ड वाइ र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्न सक्ने दावी कम्पनीको छ ।

यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८मा विभिन्न एप जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् ।

बोल्ड डिजाइन, सिल्म र हलुका

रियलमी ८ ले ट्रेन्ड अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रंग साइवर सिल्भर रसाइवर ब्लाकमा उपलब्ध छ ।

हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ्ग टेक्नोलोजीले यसलाई थप बलियो बनाएको छ । दुइ वटा ठूला ए ७५ कोर र ६ वटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी७६ जीपीयूले गेमका लागि थप सशक्त मानिएको छ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज सहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५,९९० रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ३८ बजे

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी