६४ मेगापिक्सल क्यामरा भएको रियलमी–८ नेपाली बजारमा, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

६४ मेगापिक्सल क्यामरा भएको रियलमी–८ नेपाली बजारमा, यस्ता छन् विशेषता


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रियलमीले नेपाली बजारमा रियल मी ८ सार्वजनिक गरेको छ । यो मध्यम रेन्जको नम्बर सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख बिक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ ।

रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्ड सेटिङ फिचरहरुका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।

६४ एमपीएआईक्वाड क्यामेरा

रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथैं ८ एमपीको ११९ डिग्री वाइड एङ्गगल सहित माइक्रो र ब्ल्याक एन्ड ह्वाइट प्रोटेट लेन्स सहित ४ क्यामेरा ट्रेन्ड सेटिङका नयाँ फिचर रहेका छन् । टिल्ट–सिफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सकिने कम्पनीले दावी छ ।

यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । रियलमी ८ मानियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका छन् ।

१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइट स्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्ने पनि कम्पनीले जनाएको छ । यसैगरी यूआईएस म्याक्स भिडियोले स्थिर र सफा चलायमान भिडियो खिच्न सहयोग पुर्‍याउँछ ।

६.४ इन्च सुपर एमोलेड डिस्प्ले

रियलमी ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ ।

डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पल रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइकडिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।

३०वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री

रियलमी ८ को साथ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सुरक्षित बनाउँछ ।

रियलमी ८ मा रहेको ५००० एमएएच् व्याटी ४० दिन स्ट्यान्ड वाइ र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्न सक्ने दावी कम्पनीको छ ।

यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८मा विभिन्न एप जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् ।

बोल्ड डिजाइन, सिल्म र हलुका

रियलमी ८ ले ट्रेन्ड अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रंग साइवर सिल्भर रसाइवर ब्लाकमा उपलब्ध छ ।

हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ्ग टेक्नोलोजीले यसलाई थप बलियो बनाएको छ । दुइ वटा ठूला ए ७५ कोर र ६ वटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी७६ जीपीयूले गेमका लागि थप सशक्त मानिएको छ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज सहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५,९९० रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ३८ बजे

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक

पाकिस्तानमा भारी वर्षाका कारण १४३ जनाको मृत्यु

पाकिस्ता– पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी

भारतमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

हेटौंडा– भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक