सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर शून्यमा « Khabarhub

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर शून्यमा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन् ।

दोस्रो लहरको कारोना भाइरस सङ्क्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ ।–रासस

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको