‘उचित शिक्षाविना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न’ « Khabarhub

‘उचित शिक्षाविना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न’


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतको एउटा विश्वविद्यालयमा कुलपति भएका बेला डा. हुसेनका एक घनिष्ट मित्रले सोधे— तिमी एक मुसलमान भएर पनि धर्म निरपेक्षतामा अडिग छौ । अनि शिक्षा–शिक्षा भनेर मरिहत्ते गर्छाै । व्यावसायिक शिक्षामा हुरुक्कै हुन्छौ । किन ?

डा. हुसेनले भने— अहिलेसम्म कसैले पनि यसरी सोध्ने साहस गरेको थिएन । तिमीले सोधिहाल्यौ । ल सुन, समाजमा सुख, शान्ति र उन्नति गर्नुबाहेक धर्मको निचोड हुन्छ । धर्मको मर्मलाई सही ढङ्गले कार्यान्वयन गर्ने काम शिक्षाकै हो । नयाँ पुस्तालाई शिक्षित बनाउनुपर्छ ।

हाम्रोजस्तो देशका लागि व्यावसायिक शिक्षातर्फ अग्रसर गराउन सकिएन भने मुलुकको विकास चकनाचुर हुन्छ । जनताको पेटमा मुसा दौडन्छन् । यसपछि धर्मको मर्म उल्टो दिशातिर घुम्न जान्छ ।

त्यसकारण कुनै पनि धर्मको संरक्षण गर्न त्यस देशका नागरिक शिक्षित नभई हुँदैन र उचित शिक्षाबिना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब