कसरी बनाउने गुन्द्रुक र कोदाको ढिँडो ? « Khabarhub

कसरी बनाउने गुन्द्रुक र कोदाको ढिँडो ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चार जनाको लागि) 

पानी — ३ कप (चिया कपको)
तोरी तेल — २० ग्राम
हरियो लसुन सानो — २ मुठा (मसिनो गरी काटेको)
सुकेको खोर्सानी — २ वटा
नुन — स्वाद अनुसार
वेसार — १÷२ चम्चा (सानो चम्चाको)
गोल्भेडा — १०० ग्राम मसिनो गरी काटेको
तोरीको गुन्द्रुक — १ छटाक (सफा गरेको)

गुन्द्रुक बनाउने विधि

  •  बाक्लो प्यानमा तेल तताउने, गुन्द्रुक फ्राई गरेर झिक्ने । अब त्यसैमा खुर्सानी र लसुन फ्राई गरेर पछि गोल्भेडा, नुन बेसार राखेर एकछिन छोपेर पकाउने ।
  • गोल्भेडा पाकेपछि पानी राख्ने, उम्लिएपछि गुन्द्रुक राखिदिने । एकछिन उम्लिए पछि झिकेर अर्काे बाटामा खन्याउने ।

ढिँडोको सामग्री :

कोदाको पिठो — १ के.जी.

पानी — १/२ लिटर पानी नपुग भएमा थप्न सकिन्छ ।

बनाउने विधि :

  •  कराहीमा पानी तताउने र २ चम्चा पिठो छरिदिने । पानी उम्लिएपछि पिठो राख्दै दह्रो पन्युले चलाउँदै जाने ।
  •  कराहीमा मांम्री बस्न थालेपछि यो तयार हुन्छ । त्यसपछि कचौरामा गुन्द्रुक राख्ने र थालमा ढिँडो राखी चोप्दै खाने ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ४५ बजे

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले