कसरी बनाउने गुन्द्रुक र कोदाको ढिँडो ? « Khabarhub

कसरी बनाउने गुन्द्रुक र कोदाको ढिँडो ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चार जनाको लागि) 

पानी — ३ कप (चिया कपको)
तोरी तेल — २० ग्राम
हरियो लसुन सानो — २ मुठा (मसिनो गरी काटेको)
सुकेको खोर्सानी — २ वटा
नुन — स्वाद अनुसार
वेसार — १÷२ चम्चा (सानो चम्चाको)
गोल्भेडा — १०० ग्राम मसिनो गरी काटेको
तोरीको गुन्द्रुक — १ छटाक (सफा गरेको)

गुन्द्रुक बनाउने विधि

  •  बाक्लो प्यानमा तेल तताउने, गुन्द्रुक फ्राई गरेर झिक्ने । अब त्यसैमा खुर्सानी र लसुन फ्राई गरेर पछि गोल्भेडा, नुन बेसार राखेर एकछिन छोपेर पकाउने ।
  • गोल्भेडा पाकेपछि पानी राख्ने, उम्लिएपछि गुन्द्रुक राखिदिने । एकछिन उम्लिए पछि झिकेर अर्काे बाटामा खन्याउने ।

ढिँडोको सामग्री :

कोदाको पिठो — १ के.जी.

पानी — १/२ लिटर पानी नपुग भएमा थप्न सकिन्छ ।

बनाउने विधि :

  •  कराहीमा पानी तताउने र २ चम्चा पिठो छरिदिने । पानी उम्लिएपछि पिठो राख्दै दह्रो पन्युले चलाउँदै जाने ।
  •  कराहीमा मांम्री बस्न थालेपछि यो तयार हुन्छ । त्यसपछि कचौरामा गुन्द्रुक राख्ने र थालमा ढिँडो राखी चोप्दै खाने ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ४५ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार