सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने « Khabarhub

सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिंगापुरले चिनियाँ भ्याक्सिनलाई मान्यता नदिने भएको छ।

सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश पनि गरिने छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक-कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने जनाएको छ।

मन्त्रालयका एक कर्मचारीले भने,’मोर्डेना र फाइजरका खोप लिएका ब्यक्तिहरुको मात्र खोप लिएको संख्यामा गणना हुन्छ।’

मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन्। लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन्।

सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो । यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन।

फाइजर र मोर्डेनाको खोप गम्भीर बिरामीलाई निको पार्न र मृत्युलाई रोक्न अधिक प्रभावकारी रहेको र भाइरस फैलनबाट रोक्न समेत प्रभावकारी भूमिका खेल्ने सिंगापुर प्रशासनको अनुसन्धानले देखाएको छ।

चिनिया खोपले भने गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको तथ भाइरस फैलनबाट पनि रोक्न नसक्ने सो अनुसन्धानले देखाएको थियो।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : २२ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग