१ रुपैयाँ हराउँदा महात्मा गान्धी बनेका थिए धेरै चिन्तित « Khabarhub

१ रुपैयाँ हराउँदा महात्मा गान्धी बनेका थिए धेरै चिन्तित


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्धी आफ्नो भाषण सकेपछि गरिबका लागि चन्दा उठाउँथे । चन्दबाट उठेको सम्पत्तिलाई उनले देशको सम्पत्ति मान्थे । त्यसैले त्यसलाई सम्हालेर लान्थे ।

एक दिन चन्दाको एक रुपैयाँ भुइँमा खस्यो । यदि उनले चाहेको भए त्यो एक रुपैयाँ त्यहीँ छोडिदिन सक्थे, तर उनले भुइँमा खोज्न थाले ।

भीडमा मान्छेहरु उनलाई पैसा दिन हतारिइरहेका थिए । उनी भने चिन्तित भएर पैसा खोजिरहेका थिए । उनलाई एक रुपैयाँको लागि चिन्तित देखेर मानिसहरुले भने, तपाईं किन यति चिन्तित भइरहनुभएको ? हामीले यसको क्षतिपूर्ति गरिदिने छौँ ।

उनले त्यो पैसा खोजिरहे र भने— तपाईंहरुले दिन दुःखीहरुको पैसा दिनुभयो त्यो अलग कुरा हो, तर दानको पैसा जनताको सम्पत्ति हो । त्यसलाई कोषमा जम्मा गराउनु मेरो राष्ट्रिय कर्तव्य हो ।

उनको जवाफ सुनेर अरुले पनि पैसा खोज्नमा सहयोग गरे र अन्ततः पैसा भेट्टाएर मात्र उनले सन्तुष्टिको सास फेरे ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : २५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को