गान्धी आफ्नो भाषण सकेपछि गरिबका लागि चन्दा उठाउँथे । चन्दबाट उठेको सम्पत्तिलाई उनले देशको सम्पत्ति मान्थे । त्यसैले त्यसलाई सम्हालेर लान्थे ।
एक दिन चन्दाको एक रुपैयाँ भुइँमा खस्यो । यदि उनले चाहेको भए त्यो एक रुपैयाँ त्यहीँ छोडिदिन सक्थे, तर उनले भुइँमा खोज्न थाले ।
भीडमा मान्छेहरु उनलाई पैसा दिन हतारिइरहेका थिए । उनी भने चिन्तित भएर पैसा खोजिरहेका थिए । उनलाई एक रुपैयाँको लागि चिन्तित देखेर मानिसहरुले भने, तपाईं किन यति चिन्तित भइरहनुभएको ? हामीले यसको क्षतिपूर्ति गरिदिने छौँ ।
उनले त्यो पैसा खोजिरहे र भने— तपाईंहरुले दिन दुःखीहरुको पैसा दिनुभयो त्यो अलग कुरा हो, तर दानको पैसा जनताको सम्पत्ति हो । त्यसलाई कोषमा जम्मा गराउनु मेरो राष्ट्रिय कर्तव्य हो ।
उनको जवाफ सुनेर अरुले पनि पैसा खोज्नमा सहयोग गरे र अन्ततः पैसा भेट्टाएर मात्र उनले सन्तुष्टिको सास फेरे ।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया