एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू « Khabarhub

एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी एकताको लागि गठन भएको नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता शुरू भएको हो ।

बैठक शुरू हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।

यस्तै, राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : ३० बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।