ईजरायलबाट २० करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो « Khabarhub

ईजरायलबाट २० करोडको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण ईजरायलबाट नेपाल आइपुगेको छ ।

ती स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइटमार्फत नेपाल ल्याइएको हो । निगमको जहाज स्वास्थ्य सामग्री लिएर आज बिहान ११ : १० मा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ ।

विमानस्थलमा नेपालका लागि ईजरायली राजदूत हनान गोडेरले परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ ।

‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैंया बराबरको १८ टन स्वास्थ्य सामग्री छ ।’

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् ।

‘कोभिड—१९ सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन् ।

उनका अनुसार यसका लागि प्राविधक विज्ञहरुले नेपालको सीसीएमसीसँग जुम मिटिङ मार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।

नेपाल ईजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : २० बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत