बलिउडमा हरर फिल्म भित्र्याउने कुमारको निधन | Khabarhub Khabarhub

बलिउडमा हरर फिल्म भित्र्याउने कुमारको निधन


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सन् ८० र ९० को दशकमा बलिउडमा हरर फिल्मको ‘मुकुट’ मानिने रामसे ब्रदर्समध्ये एक कुमार रामसेको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

सन् २०१९ मा रामसे ब्रदर्समध्येका एक श्याम रामसेको ६७ वर्षको उमेरमा निधन भएको थियो । श्याम रामसेका सात भाइ थिए । यी सबैजनालाई रामसे ब्रदर्सका रुपमा चिनिन्थ्यो ।

रामसे ब्रदर्सको बायोग्राफी ‘डन्ट डिस्टर्ब द डेड–द स्टोरी अफ द रामसे ब्रदर्स’ अनुसार उनको परिवार १९४७ मा मुम्बई आएका थिए । मुम्बई आएर रामसेका पिताले पहिलो इलेक्ट्रोनिक पसल खोले । तर हिन्दी फिल्मको ग्ल्यामरले उनलाई आकर्षित गर्यो । त्यसपछि रामसे ब्रदर्सका सातै भाइले पिताको पाइला पछ्याउदै फिल्म बनाउने काम सुरु गरे ।

रामसे ब्रदर्समध्येका तुलसी र श्यामले हरर फिल्ममा चासो देखाए र हलिउडको कपी गर्दै इण्डिया मसला मिसाएर हरर फिल्म बनाउन सुरु गरे । यी दुईले बलिउडमा हरर फिल्मको ट्रेण्ड सुरुवात गरे ।

रोमान्टिक फिल्मको जगजगी भएको समयमा उनीहरुले भूत, प्रेत, आत्म र राक्षसको कथालाई फिल्ममा सुरुवात गरे । जुन छोटो समयमा नै लोकप्रिय बनेको थियो

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : १५ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको