हलिउडको एजेन्सीसँग जोडिइन् आलिया « Khabarhub

हलिउडको एजेन्सीसँग जोडिइन् आलिया


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री आलिया भट्टको नजर अब हलिउडतिर पर्न थालेको छ । आलियाले हलिउडका चर्चित ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीहरुमध्ये एक विलियम मोरिस एजेन्सीसँग सम्झौता गरेकी छन् ।

यो एजेन्सीले खेल, कार्यक्रम, मिडिया र फेसनको व्यवस्थापन गर्दै आएको छ । यो एजेन्सीले अभिनेत्री फ्रिडा पिन्टोसँग पनि सम्झौता गरेको थियो । जसले ‘राइज अफ द प्लानेट अफ द एप्स’ र ‘इमोटल्र्स’मा काम गरिन् ।

आलियाको हातमा अहिले धेरै प्रोजेक्ट छन् । उनी सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछिन् । यो फिल्मको निर्देशन अयान मुखर्जीले गरेका छन् ।

आलिया शाहरुख खानको रेड चिलीज इन्टरटेनमेन्टका साथ फिल्म ‘डार्लिङ्स’को सहनिर्माण गरिरहेकी छन् । उनी हालका दिनमा मल्टी स्टारर फिल्म ‘आरआरआर’मा व्यस्त छिन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय