पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरूले नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति तत्काल बन्द गर्न माग गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौं) ले आज नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

‘ठूलो नाफा आर्जन गरेको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य थोरै बढ्नेबित्तिकै त्यसैको बहानामा मूल्यवृद्धि गर्नु पूर्णत गलत हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हालने प्रवृत्ति तत्काल बन्द गरियोस् ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।

विगतमा दुई रङको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ४४ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।