अब ब्रिटिश कलेजले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने « Khabarhub

अब ब्रिटिश कलेजले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ ।

सन् २०१२ देखि नेपालमा ब्रिटिश डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिश एजुकेशन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो ।

टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिश एजुकेशन ग्रुपमा आएकाले आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए ।

टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।

नमस्तेको व्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरु हुने भएका छन् ।

लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप गरेको हो ।

यसका लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिश काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ ।

‘हाम्रो उद्देश्य भनेको गुणस्तरीय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो । नेपाली समुदायमा गुणस्तरीय सेवा प्रदान गर्नु हो । लुम्बिनी प्रदेशमै उत्कृष्ट अंग्रेजी भाषाको शैक्षिक संस्थाको रुपमा उभ्याउनु हो’ एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने, ‘हामी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकूद, कला तथा अन्य चाहिने सुविधाहरु प्रदान गरेर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन कटिबद्ध छौं । नमस्तेमा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञानहरु पाउनेछन् ।’

त्यस्तै, नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ । विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११ को पढाई सुरु भएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध नमस्तेमा भर्ना गर्न तथा गराउन इच्छुक प्ले ग्रुप (पीजी) देखि कक्षा ११ सम्मका विद्यार्थी तथा अभिभावकहरुले चाँडै सम्पर्क गर्नुहुन एकेडेमीले अनुरोध गरेको छ ।

ब्रिटिश एजुकेशन ग्रुपले नेपालसहित लण्डन तथा दुबईमा पनि कलेजहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : ३९ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’