कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ | Khabarhub Khabarhub

कैलालीमा बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार ती किशोरीले घरायसी रिसइबीका कारण बालकको हत्या गरेको बयान दिएकी छन् ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा बालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ ।’ उनले भने ।

गत सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ४४ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी