२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १,  झापामा २८, धनकुटामा ३, ताप्लेजुङमा १,  मोरङमा ६५ र सुनसरीमा ११८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ७,  बारामा २, महोत्तरीमा १, सप्तरीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा २८७, काभ्रेमा २९, चितवनमा ६०, दोलखामा १, धादिङमा ६, नुवाकोटमा २२, भक्तपुरमा ५८, मकवानपुरमा २८, रसुवा ८, रामेछापमा ३, ललितपुरमा ८२, सिन्धुली ५ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ६, तनहुँमा ४, नवलपरासी पूर्वमा ३९, पर्वतमा २, मनाङमा १,  म्याग्दीमा १, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ७, नवलपरासीमा १४, पाल्पामा २३, प्युठानमा १,  बर्दियामा १४, बाँकेमा १०, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा ४७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, कालीकोटमा १, हुम्लामा ४,  दैलेखमा ५, मुगुमा १, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १७ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ५, कैलालीमा १२, डडेल्धुरामा ९, बैतडीमा ६ र बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ३७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला